काठमाडौं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ।उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि उक्त निर्णय भएको हो। साउन २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो।उपत्यकामा बैशाख १६ यता लगातार निषेधाज्ञा छ। तर पछिल्लो समय निषेधाज्ञा निकै खुकुलो पारिएको छ ।
