काठमाडौं । नबिल बैंकले ऋण कर्जाका लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था शुरू गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गई साना तथा मझ्यौला ऋण कर्जाका लागि अनलाइन आवेदन दिन सक्ने छन् ।
यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकको आधिकारिक वेबसाइटमार्फत ऋण कर्जाका लागि आवेदन दिने सीमित ग्राहकलाई सेवाशुल्कमा छूटको व्यवस्था पनि गरेको बैंकले जनाएको छ । यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक–गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’अनुरूप रहेको बताइएको छ ।
आफ्नो देशभर १३५ वटा शाखा कार्यालयहरू, १८३ वटा एटीएम र १ हजार ५०० वटा भन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका एजेन्टहरूको बृहत सञ्जालमार्फत सेवा प्रवाह गरिरहेको बैंकका भनाइ छ ।
FACEBOOK COMMENTS