काठमाडौं । नेपाल उद्योग परिसंघमा सात जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षका लागि धेरैको आकांक्षा भए पनि परिसंघले निर्विरोध निर्वाचित गरेको हो ।
परिसंघको निर्वाचित उपाध्यक्षमा चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरी, आईएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल र जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाह छन् । त्यस्तै आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवाल, उद्योगी कृष्णप्रसाद अधिकारी, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता र नेपाल आदर्श निर्माण कम्पनीका सञ्चालक वीरेन्द्रबहादुर पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि नै परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भइसकेका छन् । त्यसअघि वरिष्ठ उपाध्यक्ष रहेका उनी परिसंघको विधान अनुसार अध्यक्ष चयन भएका हुन् । परिसंघको विधानमा भएको व्यवस्था अनुसार राष्ट्रिय परिषदका सदस्यहरू मध्येबाट उपाध्यक्षहरू चयन भएका हुन् ।
FACEBOOK COMMENTS