काठमाडौं । माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज बिहीबार अन्तिम दिन हो । बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।
जसमा १८ लाख कित्ता बैंकले नै विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ भने १२ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न पाउनेछन् । यसमा बार्षिक ८ दशमलव ५ प्रतिशत वार्षिक ब्याज पाइने छ ।
यसमा न्यूनतम २५ देखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन सि–आस्वा सदय रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
FACEBOOK COMMENTS