पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराबाट नयाँ राजनीतिक दलको उदय भएको छ । नारायणप्रसाद कोइरालाको नेतृत्वमा ‘नेपाल प्रतिविम्ब पार्टी’ घोषणा गरिएको हो ।
शिक्षा र सुरक्षामा जोड दिँदै नयाँ दल सार्वजनिक गरिएको हो । प्रतिविम्ब पार्टीले पनि संवैधानिक राजतन्त्रका विषयमा जनमत संग्रह गरी हृदयेन्द्र शाहलाई आलांकारिक राज्य प्रमुख बनाउने उद्घोष गरेको छ । यसबाहेक देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीप्रधानमन्त्रीको व्यवस्था लागु गर्नुपर्ने एजेण्डा पनि ल्याईएको छ ।
नयाँ पार्टीले देशको शासन व्यवस्थाको खाका पनि सार्वजनिक गरेको छ । प्रतिनिधिसभामा १३४ सीट कायम गर्नुपर्ने र प्रदेशसभामा २0५ तथा राष्ट्रिय सभामा ४५ सीट मात्रै कायम गरेर देशभर ३८४ सांसद भन्दा धेरै नबनाउन प्रस्ताव गरिएको छ ।
सांसद संख्या घटाउँदा बचेको रकमले दक्ष जनशक्ति झिकाएर विकास निर्माणका काममा लगाउन सकिने संयोजक कोइरालाले बताए ।
सबै बालबालिकालाई निशुल्क अध्ययन, बालश्रमको अन्त्य लगायत एजेण्डा छन् । लक्षित बालबालिकालाई मासिक ३ हजारका दरले बालशिक्षा भत्ता उपलब्ध गराउने महत्वकांक्षी योजना प्रश्ताव गरिएको छ ।
FACEBOOK COMMENTS