काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई जिम्मेवारी दिएको छ । यसअघिका अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर अर्थमा मरासिनीलाई ल्याइएको हो ।
मरासिनी यसअघि महालेखा परीक्षकको कार्यालयमा सचिव थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि पहिलो पटक सचिवको हेरफेर गरिएको हो ।उनीसँगै अन्य सचिवहरुलाई पनि हेरफेर गरिएकाे बुझिएकाे छ । गृह मन्त्रालयमा एकनारायण अर्याललाई लैजाने सम्भावना रहेको बताइएको छ ।
FACEBOOK COMMENTS