काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले अध्यावधिक गर्न छुट भएका कम्पनीहरुलाई जरुरी सूचना प्रकाशन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७५÷७६ सम्म वार्षिक विवरण बुझाउन छ्ट भएका कम्पनीका लागि सूचना जारी गरेको हो ।
नेपाल सरकारले आर्थिक अध्यादेश २०७८ मार्फत लामो समयदेखि अध्यावधिक गर्न छुट भएका कम्पनीहरुको जरिवना छुट गर्ने व्यवस्था गरेको छ । उक्त अध्यादेशले २०७८ साल असोज मसान्तभित्र कम्पनी अध्यावधिक गराई आवश्यक विवरण बुझाएमा १० प्रतिशत मात्र शुल्क लाग्ने व्यवस्था गरेको छ ।
FACEBOOK COMMENTS