काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर साउन १७ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै संस्थाको उक्त सेयर सोमबार (साउन १८ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘यूएलआई’ दिइएको छ ।नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११५.१३ रुपैयाँ र अधिकतम ३४५.३९ रुपैयाँ तोकेको छ । यससँगै भोलिको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर कारोबार हुने छ ।
साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
FACEBOOK COMMENTS