काठमाडौं । सनराइज बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यससँगै शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८२ पुगेको छ ।
बैंकले कर्णाली प्रदेश, सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं. १४, बयलकाँडामा ८२औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । त्यसैगरीे गत हप्ता बैंकलै सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं.९ खैरीफाँटा ८०औं र कैलाली जिल्लाकै टिकापुर नगरपालिका वडा नं.०८, धनसिंहपुरमा ८१औं गरि थप २ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताइएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS