काठमाडौं । काठमाडौं नजिकका पर्यटकीय स्थलहरू नगरकोट, धुलिखेलका होटेल तथा रिसोर्टहरूमा आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । खासगरी साप्ताहिक बिदा मनाउन जाने परिवार, ससानो वर्कसप, बिजनेश मिटिङ तथा दर्जन मानिस राखेर गरिने गोष्ठीका कारण यी स्थानमा रहेका होटेल तथा रिसोर्टहरू औसतमा सञ्चालन हुन थालेका छन् ।
सरकारले वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारदेखि खुकुलो बनाउँदै ल्याएपछि र कोभिडविरुद्धको खोप आंशिक रूपमा लगाइएका कारण यी गन्तव्यमा आन्तरिक पर्यटकहरू जान थालेका छन् । सप्ताहान्तमा यी गन्तव्यका होटेल तथा रिसोर्टहरूको अकुपेन्सी ७५ देखि ८० प्रतिशतसम्म पुग्ने गरेको व्यवसायीहरूको भनाइ छ । काठमाडौं नजिकको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट र धुलिखेलमा विदाको दिन आन्तरिक पर्यटक जाने गरेका छन् ।
आन्तरिक पर्यटकहरू बढी आउने हुँदा यी क्षेत्रका होटेलहरूका लागि सप्ताहान्त बिदा भरथेग बनेको व्यवसायीहरू बताउँछन् । नगरकोटस्थित होटेल हिमालयन भिल्लाका सेल्स एन्ड मार्केटिङ प्रबन्धक हीरा श्रेष्ठले सप्ताहान्तमा यहाँका सबै होटेलहरूमा ८० प्रतिशतसम्म अकुपेन्सी पुग्ने गरेको बताए । अन्य दिन भने जम्मा ५ देखि १० प्रतिशत अकुपेन्सी हुने गरेको उनको भनाइ छ ।
विदाको दिन पारेर घुम्न, बस्न आउने गर्दा पनि अकुपेन्सी दर र बिजनेश पनि केही सुधार हुने गरेको श्रेष्ठले बताए । ‘अन्य दिनहरूमा ठूला होटेलहरूमा १०र१२ जना र सानामा चाहिँ ५र७ जनाको संख्यामा मात्रै आउनुहुन्छ,’ उनले भने, ‘अहिले संक्रमण दर बढेको भए पनि यसले आगमनमा खासै फरक परेको छैन ।’
माघ, फागुन महीनामा पर्यटक आगमन र अकुपेन्सीमा सुधार भए पनि वैशाख १६ पछि जारी निषेधाज्ञापछि भने व्यवसाय नै गर्न नसकिएको उनले बताए । अहिले साउन १ गतेदेखि होटेल खुला गरिएको भन्दै छिटफुट रूपमा आन्तरिक पर्यटकहरू आउने गरेको उनको भनाइ छ । हिमालय दृश्य रिसोर्टका प्रबन्ध निर्देशक ९एमडी० श्याम महतले भने आफ्नो होटेलको अकुपेन्सी ७ दखि ८ प्रतिशतसम्म रहेको बताए ।
उनले बन्दाबन्दी र कोरोना संक्रमण कम हुँदा आन्तरिक पर्यटक आगमन बढेको भए पनि केही दिनयता भने पर्यटक आउने क्रममा कमी आइरहेको जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS