काठमाडौं । नेपाल युवा परिषदले ‘राष्ट्रिय युवा सम्मेलन २०२१’ भर्चुअल माध्यमबाट आयोजना गर्ने भएको छ । ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई सहभागी गराई अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा आयोजना गर्न लागिएको हो ।
संयुक्त राष्ट्र संघले तय गरेको खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलीकरण स्वास्थ्यका लागि युवा नवप्रवर्तन, स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवर्द्धन गर्ने, सिभिक स्पेस, युवा र सुचना प्रविधिलाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको बताइएको छ ।
उक्त सम्मेलन यही साउन २८ र २९ गते भर्चुअल माध्यमबाट काठमाडौंमा आयोजना गरिँदै छ । कोभिड–१९ को दोस्रो तथा तेस्रो संक्रमणको अवस्थालाई दृष्टिगत गर्दै यस वर्षको राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा आयोजना गर्न लागिएको हो ।
२ दिनसम्म चल्ने सम्मेलनमा २२० जना युवायुवतीको सहभागिता रहने छ । जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुने छन् भने अन्य ६६ जनामा विभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराइने छ ।
नेपालको कुल जनसंख्याको करिव ४१ प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिकामा आउन वा ल्याउन आवश्यक देखिन्छ तबमात्र नेपालमा परिवर्तन आउँछ भन्ने विश्वास आयोजकको छ ।
गत वर्षको राष्ट्रिय युवा सम्मेलन २०२० मा ७७ बटै जिल्लाबाट करिब ५५० भन्दा बढी युवाहरुले भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भई विभिन्न ८ वटा बिषयगत क्षेत्रहरुका विभिन्न व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गरी ४ दिने कार्यक्रम सम्पन्न भएको थियो ।
FACEBOOK COMMENTS