काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले एकैजना बीमितलाई १ रोड रुपैयाँ बिमाङ्क रकम भुक्तानी गरेको छ । कम्पनीमा बीमा गराएका बीमित सूर्यबहादुर खड्काको मृत्यु भएपछि कम्पनीले सो रकम खड्काको हकवालालाई प्रदान गरेको हो ।
मृतक खड्काले कम्पनीको प्रदेश १ स्थित शाखा कार्यालय गाईघाटबाट २०७६ असार ३१ गते जीवन बीमा गराएका थिए ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ललितपुरस्थि मेडिसिटी अस्पतालमा उपचाररत बीमित खड्काको २०७८ असार १५ गते मृत्यु भएको थियो ।
उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक कार्यक्रममाझ बीमितले ईच्छाएको व्यक्ति निजकी श्रीमती सिर्जना खड्कालाई हस्तान्तरण गरेका हुन् ।
FACEBOOK COMMENTS