काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । हिजो शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बिबरण अनुसार पछिल्लो चौबिस घण्टामा थप २५ जनाको निधन भएसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ७ प्रतिशत हो । पछिल्लो समय निको हुनेको दर क्रमशः घट्दै गएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३६ लाख ६५ हजार ८३५ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३४ हजार ९४२ जना आइसोलेसन र ३५६ जना क्वारेन्टिनमा छन् ।
देशभर ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु
FACEBOOK COMMENTS