वि.सं. २००२ साल मङ्सिर २४ गते पाल्पाको तानसेनमा जन्मिएका कल्याण गोविन्द श्रेष्ठ अहिले साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा बोर्ड सदस्य छन् । हक्की र रिसालु स्वभाव भएका श्रेष्ठ कुनै पनि प्रकारको अन्याय सहन सक्दैनन् । अन्याय नसहने क्रममा उनले आफू कार्यरत कार्यालयहरूका थुप्रै अधिकारीहरूसँग झैझगडा नै गर्नु परेको थियो ।
सानै उमेरमा आमा–बुबा गुमाएका श्रेष्ठ आफ्नो साइँलो काकाको साथमा हुर्किएका हुन् । उनी र उनका भाइलाई समेत उनै साइँलो काकाले पाल्पामै पढाइलेखाइ गराए ।
तानसेनस्थित पाल्पा पद्योदय पब्लिक हाईस्कुलबाट विद्यालय तहको अध्ययन (एसएलसी) सकेपछि कल्याण गोविन्द आफ्नो रुची अनुसारको विषय पढ्न सन् १९६२ मा सिंगापुर गए । त्यहाँ अटोमोबाइल र इन्जिन फिटरमा डिप्लोमासम्म अध्ययन गरेका श्रेष्ठले २०२२ सालमा नेपाल फर्किएपछि जागिरे जीवन शुरू गरे । जागिर खाने सिलसिलामा तत्कालीन शिक्षा मन्त्रालय पुगेका उनलाई खानी विभागमा जागिर दिइयो ।
विभागअन्तर्गत चोभारमा Lime Stone, Rock Drilling को ट्रेनिङ लिन पठाइयो र त्यहाँ उनले ३ महिनासम्म Lime stone कै लागि Drilling को काम गरे । हालको भैंसे दोभानको दायाँतिरको किड्नी डाँडाँस्थित तामाङ गाउँमा बसेर उनले त्यहाँ तीन महिना Lime stone कतयलभ का लागि ड्रिलिङको काम गरे । त्यसपछि तामाखानीका लागि इलामको बेरिङखोला सरुवा गरिएका उनी पारिवारिक कारणले त्यहाँ जान पाएनन् ।
केही समयको विश्रामपछि श्रेष्ठले निजी कम्पनीहरूमा काम गर्न थाले । शुरूवाती चरणमा विभिन्न राम्रा कम्पनीमा काम गर्ने मौका पाएका उनले गाडीहरूको आयात तथा विक्री गर्न पनि शुरू गरे । साथै नेपालमा भर्खरै भित्रिएको सूचना प्रविधिका माध्यमहरु जस्तैः ई–मेल, इन्टरनेट र फ्याक्स टू फ्याक्सलगायत सेवा पनि उनले शुरूवात गरे ।
तर, साझेदारीमा गरिएको उक्त व्यवसायमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि उनले आफ्नै परिवारको लगानीमा वस्तोक इन्टरनेशनल प्रालि (VASTOK INTERNATIONAL (P) LTD) मार्फत हेभी इक्युपमेन्ट, इलेक्ट्रिक चिम्नी र ढोकाहरू ल्याएर विक्री गर्न थाले । त्यसैमार्फत उक्त कम्पनीले अहिले कागज तथा लुब्रिक्यान्टको काम पनि गरिरहेको छ । यी सबै काम गर्दै आएको वस्तोक कम्पनीको नेतृत्व उनका छोरा रोशन गोविन्द श्रेष्ठले गरिरहेका छन् ।
व्यापार पैसा कमाउने उद्देश्यले गरिने माध्यम भए पनि उनको समयमा उपभोक्ताका सेवा र सहजतासँग जोडेर व्यापार प्रवद्र्धन गरिन्थ्यो । जुनसुकै व्यवसायमा लगानी गर्नासाथ नाफा कमाइहाल्न नसकिने बताउने श्रेष्ठ एउटा व्यवसायीले जोखिम बहन गर्न सक्ने क्षमता राख्नुपर्ने बताउँछन् ।
इन्जिनीयरिङ अध्ययनमा अत्यन्तै रुची राख्ने श्रेष्ठ सानै उमेरदेखि विभिन्न सर–सामान खोल्ने–जोड्ने प्रयत्नहरू गरिरहन्थे । कुनै पनि व्यापार सफल बनाउन पब्लिक रिलेशन (पीआर)लाई महत्व दिनुपर्ने बताउने श्रेष्ठ नवप्रवेशीहरूलाई सम्बन्धित क्षेत्रको अध्ययन र अनुभव लिनु आवश्यक रहेको सुझाव दिन्छन् ।
कुनै पनि विषयमा प्राप्त गरिने सैद्धान्तिक ज्ञान भन्दा आफू सहभागी भएर हासिल गरिने व्यावहारिक भोगाई जीवनमा महत्वपूर्ण हुने उनी बताउँछन् । सम्बन्धित विषय वा क्षेत्रको सैद्धान्तिक ज्ञानले मात्रै व्यवसायमा सफलता हासिल गर्न नसकिने उनको भनाइ छ ।
सेवालाई नै धर्म मानेर कम नाफा गर्ने कम्पनीका रूपमा रहेको अर्धसरकारी संस्थान साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई अझ प्रभावकारी सेवा प्रवाहको पहिचान दिलाउने उद्देश्यसहित १६ वर्षअघि कर्पोरेशनमा लगानी गरेका श्रेष्ठ सोही बेलादेखि बोर्ड सदस्य छन् ।
विशेषगरी नुन र फाट्टफुट्ट चिनीमात्रै विक्री गर्दै आएको साल्ट ट्रेडिङ्गले कुनै समय आफ्नै उद्योगबाट पीठो, मैदा र दाललगायत वस्तुको उत्पादन पनि गर्ने गरेको थियो । तर, व्यवस्थापनको बद्मासीका कारण त्यो उद्योग बन्द गराइयो । त्यसपछि कर्पोरेशनभित्रका निर्देशकहरूबीच ठूलो ‘टक अफ वार’ प¥यो र फलस्वरूप उद्योग बिगार्नेहरूसँग जित हासिल गर्दै कर्पोरेशनले अहिले नुन, चिनी, दाल, चामल, फर्टिलाइजर, रासायनिक मल, एलपीजी ग्यास (एसटीसी), न्यूजप्रिन्ट कागजलगायत वस्तु तथा सेवाको विक्री गर्दै आएको छ ।
साथै कर्पोरेशनले मैदाको पीठो तथा एसटीसी ग्यास आफ्नै कम्पनीमार्फत उत्पादन गरेर उपभोक्तासमक्ष पु¥याउँदै आएको छ । जागिर र व्यापारमा प्रवेश गर्नुअघि गायक बन्ने योजनामा रहेका श्रेष्ठले रेडियो नेपालबाट स्वर परीक्षा पनि उत्तीर्ण गरेका छन् । तर, क्रमशः व्यवसायतर्फ केन्द्रित हुँदै गएपछि उनले गायनलाई निरन्तरता दिन सकेनन् । यद्यपि, व्यापार–व्यवसायमा लाग्नुअघि रेडियो नेपालमा ४ वटा गीत रेकर्ड गराएको उनी बताउँछन् । सन् २०१२ सालमा कोलनमा क्यान्सर भएपछि १२ साइकल किमोथेरापी लिए । जसका कारण उनको ‘भोकल कर्ड’ बिग्रेकाले अहिले उनी गाउन भने सक्दैनन् । क्यान्सर जितेर नयाँ जीवन पाए पनि ‘भोकल कर्ड’ गुमाएकोप्रति उनी दुःखित छन् ।
सबै खालका खेलकुदलाई मन पराउने श्रेष्ठ गल्फमा अत्यधिक रुची राख्दछन् । ४५ वर्षदेखि उनले निरन्तर गल्फ खेल्दै आएका छन् । उनले गल्फमा थुप्रै टुर्नामेन्ट जित्नाका साथै ६ वटा होल इन वान (HOLE IN ONE) गरेका छन् ।
FACEBOOK COMMENTS