काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले साउन २० गतेबाट निष्काशन भएको आइपीओमा शुक्रबार सम्म ५.५५ गुणा बढी आवेदन परिसकेको छ ।
आइपीओमा १९ लाख १८ हजार ५ सय ५७ जना सर्वसाधारणले २ अर्ब ९९ करोड ८३ लाख ६२ हजार रुपैयाँको २ करोड ९९ लाख ८३ हजार ६ सय २० कित्ताको लागि आवेदन परेको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
कम्पनीले ६० लाख कित्ता सेयर निष्काशन गरेकोमा सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको छ ।
यसमा न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले मेरो सेयर तथा सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS