काठमाडौँ: चिनियाँ राजदूत होउ यान्छीले गर्हमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेकी छन् । आइतबार दिउँसो सिंहदरबार पुगेर गृहमन्त्री खाँणसँग राजदूत यान्छीले भेटवार्ता गरेकी हुन् ।नेपाली भूमिलाई चीन विरुद्ध प्रयोग नहोस् भन्ने चाहेको अपेक्षा व्यक्त गरेकी थिइन् । जवाफको रुपमा गृहमन्त्री खाँडले आफूहरु एक चीन नीतिको पक्षमा रहेको प्रतिक्रिया दिएका थिए ।यस्तै कोरोना नियन्त्रणका लागि चिनियाँ सहयोग तथा द्विपक्षीय सम्बन्ध लगायत विषयमा छलफल भएको थियो । यसवाहेक राजदूत यान्छीले गृहमन्त्री खाँणलाई बधाइ तथा शुभकामना समेत दिएकी थिइन् ।
यसअघि आइतबार बिहान माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि राजदूत यान्छीले भेटवार्ता गरेकी थिइन् । नयाँ सरकार गठनपछि चिनियाँ राजदूत यान्छीले नेपाललस्थित उच्च अधिकारीहरुसँग भेटघाट तिब्र बनाएकी छन् ।
FACEBOOK COMMENTS