काठमाडौं,मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा करिव १३ लाख ४७ हजार ८०८ जना आवेदकले आवेदन दिएका छन् । बिहीबारसम्म १ अर्ब ७७ करोड ७० लाख ३ हजार रुपैयाँ बराबरको १ करोड ७७ लाख ७० हजार ३० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले ३ करोड ९५ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । जसमा ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन भएको छ । आइपीओमा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त आईपीओमा छिटोमा साउन ३१ गते बैंकिङ कारोबार समयसम्म आवेदन दिन सकिने छ । माग बमोजिम आवेदन नपरेको खण्डमा भदौ ९ गतेसम्म दिन पाइने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS