काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संंगममार्गमा खोलेको छ ।कृष्ण इन्टरनेशनलका प्रबन्ध निर्देशक अमरराज कर्णिकारले शोरुमको शुक्रबार एक कार्यक्रमबीच उक्त शाेरुमकाे उद्घाटन गरेका हुन् ।
कम्पनीकाे अनुसार बनेपामा हाउजेको डिलरसिप लिएको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले बिक्री, स्पेयर्स पार्टस र सर्भिस सेन्टरसमेतको सुविधा ग्राहकलाई उपलब्ध गराउन शाेरुम सुरु गरेको हाे ।शोरुम उद्घाटनका अवसरमा ३ जना हाउजेका ग्राहकलाई चावीसमेत हस्तान्तरण गरिएको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले जानकारी दिए । बनेपा तथा आसपासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास उनले लिएकाे बताएका छन् । बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान सुरु गरिएको उनले बताए ।
चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ । डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको कम्पनीकाे दावी छ ।यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । यस बाइकमा इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र यसकाे पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको छ ।
काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम रहेकाे छ । काठमाडौं उपत्यकाको टेकु, नयाँबजार र चाबहिलमा हाउजेको शोरुम छन् । उपत्यका बाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा यसकाे अन्य शोरुम रहेकाे छ ।
FACEBOOK COMMENTS