काठमाडौं । शाओमीले वीरगन्जमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । अथोराइज्ड सर्भिस सेन्टर (एएससी) सञ्चालनमा ल्याएसँगै शाओमीले नेपालमा आफ्नो बिक्रीपछिको सेवा नेटवर्कलाई अझ सुदृढ बनाएको जनाएको छ ।शाओमीका अरु सेवा केन्द्रहरु काठमाडौं, पोखरा, नेपालगन्ज, नारायणघाट, धनगढी, बुटवल र इटहरीमा छन् ।
शाओमीका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले कम्पनीले बिक्रीपछिको सेवालाई निकै महत्व दिएको बताए । सेवाको गुणस्तर प्रदान गर्नु शाओमीमा प्रमुख स्तम्भहरूमध्येको एक भएको पनि उनले बताए ।सर्भिस सेन्टर सञ्चालनको पहिलो साता सबै शाओमीका उत्पादनहरूमा र वारेन्टी नभएको मोडेलहरूको पनि निःशुल्क सेवा लिन सकिने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS