काठमाडौं । कामना सेवा विकास बैंकले तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे स्थित शाखा कार्यालय पुनर्निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
उक्त पुननिर्मित कार्यालयको बैंकका सञ्चालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालले संयुक्त रुपमा उद्घाटन गरे । बैंकको अत्याधुनिक सुविधासम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने बैंकको तयारी छ ।
बैंकको शाखाले सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ । शोसल मिडिया बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसमएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमबाटसमेत बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७२ वटा एटीएममार्फत ग्राहक सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS