काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
यो अवधिमा बैंकले ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
गत आवमा बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेसँगै बैंकको नाफा बढेको देखिएको छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत बढेर ७ अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेर ६ अर्ब ४३ करोड ५१ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
१३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब २ करोड २७ लाख २८ हजार रुपैयाँ रहेको छ । २ खर्ब २३ अर्ब ४७ करोड ८० लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ९८ अर्ब १० करोड ७३ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट घटेर ०.७८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ४० पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS