काठमाडौं, ३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधवकुमार नेपाल नेतृत्वको नयाँ दल दर्ता हुने बित्तिकै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्।
माधव नेपालले एमालेबाट बिद्रोह गरि बुधबार नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदत दर्ता गराएका छन्।त्यसको भोलिपल्ट बिहीबार समाजवादी केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले नयाँ दल दर्ता भएको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् टुंग्याईदिनुपर्छ भन्ने सहमति सत्ता गठबन्धनमा भएको बताए।बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र आफूबीच भएको छलफलमा यसबारे सहमति भएको उनले जानकारी दिए।
‘आज मात्रै प्रधानमन्त्री, माधवजी र मेरो छलफल भयो। नयाँ दल दर्ता भएको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् टुंग्याईदिनुपर्छ भन्ने सहमति भएको छ। उताबाट दर्ता सनाखत हुनेबित्तिकै त्यो टुंग्याइन्छ’, प्रचण्डले भने।प्रचण्डले हिजोबाट एउटा नयाँ परिस्थिति बनेको बताए। ‘हामी बसेका थियौँ अब मन्त्रिपरिषद् बिस्तारमा ढिलो गर्नु हुँदैन। उताबाट सनाखत हुनेबित्तकै एकै दिनमा टुंग्याईदिनुपर्छ भन्ने सहमति भएको छ’, प्रचण्डले अगाडि भने।
उनले विगतमा केपी ओली सरकार र अहिले देउवा सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशमा आकाश जमिनको फरक रहेको जिकिर गरे।ओलीले संविधान, लोकतन्त्र र गणतन्त्र भत्काउन अध्यादेश ल्याएको तर अहिले देउवा सरकारले संविधान लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेको प्रचण्डले बताए।
उनले प्राविधिक कुरा मात्रै हेरेर राजनीतिक उदेश्य बिसर्ने गल्ती गर्न नहुने बताए।
FACEBOOK COMMENTS