काठमाडौं, ३ भदौ । मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत ‘लेटर्स अफ क्रेडिट डकुमेन्ट एगेन्स्ट पेइमेन्ट (डीएपी), डकुमेन्ट एगेन्स्ट एक्सेप्टेन्स (डीएए) र लोकल बैंक ग्यारेन्टी सुविधा प्राप्त गर्ने भएका छन् ।
यससम्बन्धी नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच गैर कोषमा आधारिक बैंकिङ सुविधाहरू उपलब्ध गराउनेगरी व्यापारिक सम्झौता भएको छ । सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत डीएपी, डीएए र लोकल बैंक ग्यारेन्टीलगायत सुविधा प्राप्त गर्न सक्ने छन् ।
यो सहकार्यबाट मुक्तिनाथ विकास बैंकका ग्राहकले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्ने विश्वास लिइएको छ । साथै दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धी अन्य कारोबार समेत अगाडि बढाउने लक्ष्य राखिएको छ ।
FACEBOOK COMMENTS