काठमाडौं, ५ भदौ । साढे चार किलो चरेससहित कञ्चनपुरबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालका–७ का २१ वर्षीय किशोर सिंह, कृष्णपुर नगरपालिका–२ का ३६ वर्षीय गणेश भण्डारी र बझाङ छबिसपाथीभेरा गाउँपालिका–५ का ३२ वर्षीय झलक जाग्री रहेका छन् ।
कृष्णपुरका गगन धामीको घरमा पाहुना आएका तीन जना व्यक्तिले चरेसको कारोबार गरिरहेको सूचनाका आधारमा शुक्रबार अपराह्न प्रहरीको टोली त्यहाँ पुगेको थियो ।
घरमा तलासी लिँदा चार किलो ४९० ग्राम चरेस फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए ।
तिनै जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको उनले बताए ।
FACEBOOK COMMENTS