नेपाललाई विश्वमा चिनाउने एउटा माध्यम हस्तकला हो । विश्वका धेरै देशमा नेपालको हस्तकलाका सामग्री अत्याधिक मन पराइएको छ । नेपालले यसलाई राम्रो संग प्रबद्धन गर्न नसक्दा व्यवसायीक रुपमा खासै फ्ड्को मार्न सकेको छैन । हस्तकला व्यवसाय प्रबद्धनको लागि हस्तकला महासंघ निरन्तर लागिरहेको छ । महासंघले भर्खरै नयाँ कर्यसमिती चयन गरेको छ । महासंघको अध्यक्ष सुरेन्द्र भाई शाक्य संग बसन्त अर्यालले गरेको कुराकानीः
तपाई हस्तकला व्यव्यसाय शुरु गरेको कति भो ?
हस्तकला व्यवसाय हाम्रो पुर्खौली व्यवसाय हो । हामी दुई पुस्ता देखी हस्तकला व्यवासायमा आवद्ध छौं । मेरो हजुर बुवाले शुरु गर्नुभएको पेशामा मैले निरन्तरता दिदै छुँ ।
हस्तकला व्यवसायमा पनि शाक्यहरु धेरै आवद्ध छन् नी ?
काठमाण्डौंको नेवारी समुदयाका पुराना घरहरु सबै कलात्मक रुपमा बन्थे । त्यसमा शाक्यहरुले धेरै वर्ष काम गरे । हस्तकलाको लागि नेवारी समुदायबाट शाक्य र बज्रचार्यहरु धेरै थिए । तर अहिले त सबै जाति नै यो व्यवायासमा आवद्ध भएका छन् । जो पनि सिक्ने र आवद्ध हुने गरेका छन् ।
पहिला र अहिले हस्तकलाको विकास कसरी भैरहेको छ ?
पहिला घर बनाउनको लागि आवश्यक पर्ने सामग्री मात्र बनाईन्थे । लगभग सबै घरका झ्याल ढोका कलात्मक हुने गर्थे । विस्तारै स्टील, आल्मुनियमको झ्याल ढोका बन्न थाले काठमो कम भए । अहिले ठुल ठुला होटल सजावटको लागि हस्तकलाका सामाग्री निमार्ण हुन्छन् । होटेलमात्र होईन घर सजावटको लागि पनि सामग्री प्रयोग भैरहेका छन् । अहिले विदेशमा निर्यातको लागि हस्तकलाका सामग्री निमार्ण भैरहेका छन् । पहिला भन्दा अहिले धेरै महंगो भएकाले सबैले हस्तकलाको सामग्री प्रयोग गर्ने अवस्था छैन ।
हस्तकलामा पनि कस्तो प्रकारका सामाग्रीको माग बढी छ ?
नेपालमा पहिले देखी नै काष्ठकलाका साम्रगी बढी बिक्थे । पहिला हरेक झ्याल ढोकामा कलात्मक काठका सामग्री प्रयोग हुँदा यसको खपत बढी थियो । अहिले पनि काठको सामाग्री नै खपत बढी छ । नेपालमा मात्र होईन विदेशमा पनि हाम्रा काठमा सामाग्री प्रयोग भैरहेका छन् । विदेशमा काष्ठमात्र होईन नेपालको हरेक हस्तकलाको सामाग्री नै चर्चित छ । हाम्रो नेपाललाई चिनाउन थुप्रै प्रकारका हस्तकलाले सहयोग पुर्याएका छन् ।
हस्तकलाको सामग्री खपतमा स्वदेश तथा विदेशमा कस्तो छ ?
विदेशमा भन्दा त नेपालमै धेरै खपत छ । तर विदेशीहरुले नेपालको सामाग्री भने पछि मन पराउँछन् । नेपाली हस्तकलाका ब्राण्ड विदेशमा चर्चित छन् । विदेशमा विशेषगरी चीन, जापान र युरोपियन देशमा धेरै खपत हुँदै आएको छ । विदेशमा नेपाली हस्तकलाको सामाग्री प्रवद्धनको लागि विभिन्न मेलामा स्टल राख्ने गरेको छ ।
हस्तकलाको लागि चाहिने जनशति कसरी उत्पादन भैरहेको छ ?
हस्तकलाको क्षेत्रमा शाक्य र बज्राचार्यको मात्र बर्चस्वो थियो । अहिले अरु समुदायबाट पनि यो क्षेत्रमा आईरहेका छन् । हामीले धेरैलाई तालिम पनि दिनै आइरहेका छौ । पाटनमा गयो भने अहिले शाक्य र बज्राचार्य भन्दा अरु धेरैले काम गरिरहेका छन् । हस्तकला महासंघले हरेक वर्ष तालिम दिदै आएको छ । हाम्रै घरमा आएर सिक्ने पनि धेरै छन् । धेरैले यहाँ सिकेर गाउँमै गएर काम गरिरहेका छन् । तर अहिले पनि जनशक्ति अभाव छ । धेरै युवा विदेश जाने लहर चलेकाले यहाँ जनशक्ति पाउँन मुस्कील भैरहेको छ ।
जनशक्ति व्यवस्थाप कसरी गर्न सकिन्छ ?
हस्तकला व्यवासयलाई अझै पनि सम्मानित पेशाको रुपमा हेर्ने चलन छैन । डाक्टर , इन्जिनियर भन्दा समाजमा इज्यतिलो देखीन्छ तर हस्तकलाको काम गर्नेलाई त्यसरी हेर्ने गरिन्न । यसको लगि स्कुल लेभल बाटै हस्तकला सम्बन्धी शिक्षा दिन आवश्यक छ । यसले गर्दा कला सम्बन्धी ज्ञान हुनुको साथै सम्मानित पेशा पनि बन्दै जान्छ । यसमा ध्यान दिन जरुरी छ ।
अहिले हस्तकला सिकेकाले प्रमाणपत्र पउँछन् कि पाउँदैनन् ?
घर घरमा सिकेकाले त प्रमाणपत्र पाउँदैन । तिनीहरुले त्यत्तीकै काम गरिरहेका छन् । तर महासंघबाट सिकेकाले भने प्रमाण पत्र पाउने गरेका छन् ।
हस्तकलाको व्यवसायमा अरु के छन् समस्या ?
अहिले कच्चा पदार्थको व्यवस्थापन हुन नसक्दा व्यवासयलाई प्रभावित गरेको छ । नेपालमा भएका कच्चा पदार्थ प्रयोग गर्ने व्यवस्था पनि बनाउन सकिएको छैन । कच्चापदार्थ विदेशबाट अयात गर्नु परेको छ । समान ल्याउँदा साहै्र झन्झट छ । अर्को टुरिष्टले किनेर लगेको सामाग्रीमा एरपोर्टमा समस्या हुने गरेको छ । भ्याट विल भएपछि त रोक्न भएन नी ? अनेक बाहाना बनाएर रोकिराखेको हुन्छ । कर तिरेको विल हुँदा एरपोर्टमा नरोक्ने हो भने हाम्रो व्यावसाय बढ्न जान्छ ।
हस्तकला महासंघको नयाँ कार्यसमितीमा तपाई चयन हुनु भएको छ । तपाईको आगमी योजना के के छन् ?
सबै भन्दा मेरो ठुलो इच्छा भनेको हस्तकला म्युजियम खोल्ने ठुलो इच्छा छ । नेपाल सरकारले सहयोग गरेको खण्डमा राम्रो म्युजियम बनाउन सक्छौ । नभए पनि हामीले महासंघको भवनमा साने भए पनि एउटा म्युजियम त बनाउँछौ । हस्तकलाको व्यापार वृद्धीको लागि विदेशमा हुने मेलाहरुको लागि नेपाली स्टल राखेर प्रवद्धन गर्ने छौ । अर्को हाम्रो इच्छा भनेको हरेक जिल्लामा हस्तकला संघ खोलेर व्यवसायीलाई आवद्ध गर्ने योजना छ । कतिओटा जिल्लामा सकिन्छ पुर्याउने प्रयास गर्छौ । यसले व्यवसाय प्रवद्धनमा सहयोग गर्छ । अर्को जनशक्ति उत्पादन गर्न तालिम दिने ठाउँ सानो भएको छ । यसलाई वृद्धी गर्ने योजना छ ।
FACEBOOK COMMENTS