काठमाडौं, ५ भदौ । पछिल्लो विवरण अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३९ लाख ३२१ जना छ । त्यसमध्ये ११ हजार ४३६ जना काठमाडौं उपत्यकामा मात्रै छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७ हजार ६६३ जना, भक्तपुरमा १ हजार ४८१ जना र ललितपुरमा २ हजार २९२ जना गरी उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ४३६ जना पुगेको हो ।
त्यस्तै काठमाडौं उपत्यकामा हालसम्म ३ हजार ८२ जना संक्रमितले ज्यान गुमाएका छन् । तथ्याङ्क अनुसार काठमाडौंमा २ हजार ५० जना, भक्तपुरमा ४०४ जना र ललितपुरमा ६२८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो विवरणअनुसार नेपालभर कुल मृतकको संख्या १० हजार ४८५ जना पुगेको छ ।
त्यस्तै हालसम्म काठमाडौंमा २ लाख २० हजार ८९६ जना, भक्तपुरमा २४ हजार ८४१ जना र ललितपुरमा ४१ हजार ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म काठमाडौंमा २ लाख ३० हजार ६०९ जना, भक्तपुरमा २६ हजार ७२६ जना र ललितपुरमा ४४ हजार ५१८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS