काठमाडौं, ७ भदौ । मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ आज (सोमबार) बिहान ८ः३० बजे बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइपीओको बाँडफाँट आज हुन लागेको हो । आइपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधारणलाई ३ लाख ६८ हजार ५९३ कित्ता सेयर निष्काशन गरेको थियो । यो हेर्दा ३६ हजार ८५९ जना आवेदकलाई १० कित्ता सेयर पर्ने देखिन्छ ।
आवेदन दिएकामध्ये २३ लाख ६६ हजार १९५ जनाको हात खाली हुने भएको छ । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ करोड ९३ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमा ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो ।
FACEBOOK COMMENTS