काठमाडौं, ८ भदौ । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले नेपालगञ्जको भुजाई गाउँ चोकमा साेमबार जावा मोटरसाइकलको शोरूम खोलेको छ ।
यो नयाँ आउटलेटको उद्घाटनसँगै अग्नि मोटोइंकले नेपालगञ्जमा जावाप्रेमीहरूको लागि आफ्नो लोकप्रिय मोडेलहरूमा पहुँच सजिलाे बनेकाे जनाएकाे छ ।
अग्नि मोटोइन्कका महाप्रबन्धक शरद मिश्रले सबै ग्राहकहरूलाई गुणस्तरीय सेवा पुर्याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्द्रसहित नयाँ जावा शोरूम संचालनमा ल्याएकाे बताए । कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले यस शाेरुमबाट अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा नेपालगञ्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड गर्न पाउनेछन् ।
नेपाली बजारमा अग्नि मोटोइंकले बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सेवा दिइरहेकाे छ ।
FACEBOOK COMMENTS