काठमाडौं, ८ भदौ । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन हो ।
आजसम्म आवेदन दिने लगानीकर्ताले मात्रै उक्त हकप्रद सेयर आपउने छन् । कम्पनीले निष्काशन गरेको १०० हकप्रद सेयरमा जेठ २७ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ११ अर्ब रुपैयाँको ११ करोड कित्ता हकप्रद सेयर गरेको छ । हकप्रद सेयरमा आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS