काठमाडौं, ८ भदौ । मञ्जुश्री फाइनान्सको संस्थापक सेयर किन्न आज अन्तिम मौका रहेको छ ।
संस्थाले संस्थापक समूह अन्तर्गतको सेयर आज भदौ ८ गतेसम्म मात्रै बिक्री गर्न लागेको हो ।यससँगै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आज कार्यलय समय भित्र आवेदन दिन सक्नेछन् । उनीहरुले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
इच्छुकले प्रतिकित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सक्नेछन् ।संस्थाले संस्थापक समूह अन्तर्गतको १२ हजार ५८७ कित्ता सेयर बिक्री गरिरहेको छ । जसको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ । जुन बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम जति पनि संख्यामा सेयर खरिद गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS