काठमाडौं, ८ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ ।
निषेधाज्ञाका बेला रिसोर्टमा भीडभाड गराएको भन्दै रिसोर्टलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सोमबार बेलुकीदेखि चन्द्रागिरि रिसोर्टमा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक बसेको थियो ।
काठमाडौं प्रशासनले पछिल्लो केही दिनयता रात्रीकालिन निषेधाज्ञालाई कडा पार्दै आएको छ । होटेल तथा रेष्टुराँमा जाने–आउनेका कारण कोरोना संक्रमण फैलिएको भन्दै प्रशासनले रात्रीकालीन निषेधाज्ञालाई कडाइ गरेको हो ।
तर, राजनीतिक पहुँचका आधारमा राजनीतिक दलहरूले भने यसरी भीडभाडका साथ आवासीय बैठक बै आयोजना गर्नु निषेधाज्ञा गम्भीर उल्लंघन भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंको निष्कर्ष छ ।
FACEBOOK COMMENTS