काठमाडौं, १० भदौ । एनआईबिएल समृद्धि फण्ड–१ ले प्रस्ताव गरेको ३५ प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गरेको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको साउन १४ गतेको सञ्चालक समितिको बैठकले निर्णय गरेको उक्त प्रतिफल भदौ ९ गतेदेखि वितरण गर्न सुरु गरिएको हो । क्यापिटलले सम्बन्धीत इकाईधनीहरुको बैंक खातामै नगद लाभांश जम्मा गरिदिएको जानकारी दिएको छ ।
यसर्थ हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगर्ने इकाईधनीहरुलाई यथास्रिघ अद्यावधिक गराई लाभांश प्राप्त गर्न अनुरोध समेत गरिएको छ । साथै आफ्नो इकाई धितो बन्धक राखी कर्जा सुविधा उपभाग गरेका इकाईधनीहरुको नगद लाभांश सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैंक खातामा जम्मा गरिने क्यापिटलको भनाई छ ।
एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई विक्री गरेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य रू. १६ रहेको छ । त्यस अवधिसम्म योजनाले रू. ५५ करोड ९१ लाखभन्दा बढी नाफा गरेको छ ।
FACEBOOK COMMENTS