काठमाडौं, १० भदौ । नेपाललाई कोरोना महामारी विरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत लिथुवेनियाले पठाएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
गएको पछिल्ला महिनाहरुमा लिथुवेनियासहित युरोपियन युनियनका १३ सदस्य राष्ट्रले नेपाललाई करिब १.७ अर्ब रुपैयाँ बराबरको मेडिकल सामग्री सहयोग गरेका छन्।लिथुवेनिया नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १३ सदस्य राष्ट्रमध्येको एक राष्ट्र हो ।
अन्य राष्ट्रहरुमा स्पेन, फिनल्यान्ड,फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क, आयरल्यान्ड, इटाली र हबगेरी रहेका छन्।गएको वैशाख २७ का दिन नेपाल सरकारले कोरोना भाइरसको तीब्र संक्रमण विरुद्ध लड्नका लागि अन्तर्राष्ट्रिय समुदायलाई स्वास्थ्य उपकरण तथा सामग्रीको सहयोगका लागि अपिल गरेको थियो ।
लिथुवेनियाको स्वास्थ्य मन्त्रालयद्वारा प्रशासित राज्य रिजर्वबाट उपलब्ध गराइएका स्वास्थ्य सामग्री तथा उपकरणहरुमा ५ भेन्टिलेटर र २० अक्सिजन कन्सन्ट्रेटर रहेका छन्।नेपाललाई प्रदान गरिएको यो सहायातको कूल मूल्य करिब ७० लाख रुपैयाँ रहेको छ ।
“यस कठिन घडीमा लिथुवेनिया नेपाली जनताको साथमा छ । कोरोना महामारी विरुद्धको लडाईमा ऐक्यवद्धता तथा सयुक्त प्रयास निकै महत्वपूर्ण छ,” नेपालका लागि लिथुवेनियाका राजदूत जुलियस प्रानिभिसियस्ले भने ।
भदौ १ गतेका दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो परिसरमा आयोजना गरेको कार्यक्रममा नेपालका लागि लिथुवेनियाका मानार्थ कन्सुलका प्रतिनिधि तथा नेपालस्थित युरोपियन युनियन डेलिगेशनका कार्यवाहक राजदूत स्टिफेन माइकनले संयुक्त रुपमा मन्त्रालयका प्रमुख विशेषज्ञ दिपेन्द्र रमण सिंहलाई ती उपकरणहरु हस्तान्तरण गरेका थिए ।
“नेपाललाई एकदमै आवश्यक परेको बेलामा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरुले जीवन बचाउनका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएर उनीहरु नेपालका निकटका मित्र हुन्भ न्ने कुरा देखाएका छन्। नेपाल र यसका नागरिकहरु स्वस्थ्य तथा सुरक्षित हुनका लागि हामीले उनीहरुलाई प्रदान गर्ने सहयोगलाई भविष्यमा अझ बढाउने छौं,” नेपालस्थित युरोपियन युनियन डेलिगेशनका कार्यवाहक राजदूत स्टिफेन माइकनले भने ।
अन्य दातृ निकायसँगको सहकार्यमा युरोपियन युनियनले मुलुकभरि नै ती सामग्रीको वितरण तथा प्रयोगलाई अनुगमन गरिरहेको छ ।नेपालमा आएको सामग्री तथा सिनामङ्गलस्थित मानवीय स्टेजिङ्ग क्षेत्रबाट बाहिर पठाइएको सामग्रीको परिमाण स्वास्थ्य मन्त्रालयको ईलजिष्टिक्स्म्यानेजमेन्ट्इन्फर्मेसन सिस्टम्(इलिमिस्) मार्फत अभिलेख राख्ने गरिएको छ ।
FACEBOOK COMMENTS