काठमाडौं, ११ भदौ । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड-१’ मा माग गरेभन्दा २.३७ गुणा बढी आवेदन परेको छ । निष्काशन गरेको दुई दिनमै मागभन्दा बढी आवेदन परेको उक्त योजनामा चार दिनमा २० करोड १४ लाख ५५ हजार ६०० रुपैयाँ बराबरको आवेदन परेको हो ।
सो अवधिसम्म कूल १ लाख ६३ हजार ६४६ जना आवेदकले उक्त रुपैयाँ बराबरको आवेदन दिएका हुन् । जुन नेपालको वित्तीय इतिहासमा हालसम्मकै म्युचुअल फण्डमा सबैभन्दा धेरै आवेदन परेको क्यापिटलले जनाएको छ ।
फण्डको प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई निष्काशन गरेको हो । जसमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंकको लागि सुरक्षित राखेको हो । र, बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्काशन गरेको थियो ।
मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिनेछ ।
FACEBOOK COMMENTS