काठमाडौँ, भदौ १३ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि १८ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले भदौ २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।
कम्पनीले यस अघि जेठ २७ गतेदेखि असार १० गतेसम्म बोलपत्र आव्हान गरी ३२ हजार कित्ता शेयर बाँडफाँट पश्चात बाँकी रहेको उक्त शेयर पुनः विक्रीमा ल्याएको हो । कम्पनीले यो शेयरको मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ २४ गते अपरान्ह ४ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडमा खोल्ने कार्यक्रम तय भएको छ ।
FACEBOOK COMMENTS