काठमाडौँ, भदौ १३। भारतमा फेरी कोरोना भाइरसका संक्रमण बढ्न थालेको छ । त्यहाँ चौथो दिन लगातार ४० हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ४५ हजार ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी मध्ये ३१ हजार २६५ जना संक्रमित केरलामा पहिचान भएका हुन् । दोस्रो लहरमा संक्रमण नियन्त्रण गर्न सफल केरलामा हाल भने संक्रमण दर बढ्दै गएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा थप ४६० जनाको संक्रमणका कारण मृत्यु भएको छ । यी मध्ये १५३ जनाको मृत्यु केरलमा भएको हो । यस्तै, ३५ हजार ८४० जना संक्रमण मुक्त भएका छन् ।
यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५५८ पुगेको छ ।
FACEBOOK COMMENTS