पोखरा–२६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी सदस्यहरुलाई करिब ९० लाख बराबरको ब्याज रकम छुट प्रदान गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावले सम्पूर्ण क्षेत्र, पेशा र व्यावसाय प्रभावित भइरहेको यस बिषम परिस्थीतिमा वित्तीय संस्थामा आवद्ध ऋणी सदस्यहरुलाई राहत स्वरुप संस्थाले १०(दश) प्रतिशत ब्याज छुट प्रदान गरेको हो ।
वित्तीय संस्थाको हाल देशभर ११२ वटा शाखा कार्यालयहरु, १ लाख २८ हजार ५०३ जना ग्राहक सदस्यहरु र लगानीमा रहिरहेको कर्जा रकम ६ अर्ब ५६ करोड रहेको छ ।
FACEBOOK COMMENTS