काठमाडौँ, भदौ १४ । नाडाले नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाललाई बधाई दिएको छ । परिसंघ सचिवालयमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टोलीले अग्रवाललाई कार्यकालको सफलताको शुभकामना दिदै द्धिपक्षिय सम्बन्ध विस्तारका विषयमा कुराकानी गरेको छ ।
अध्यक्ष दुलालले दुई संस्थाहरु विचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको नजीक्षेत्रको सवालमा एकताबद्ध भएर अघि बढ्ने र अन्य सम्भाव्यक्षेत्रहरुमा समेत सहकार्य गरेर अघि बढनुपर्ने बताए । उनले नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरीय एशोसिएशनहरु स्थापना भइसकेको र नेपालमा अटोमोवाइल उद्योगहरु समेत खोल्न शुरुवात समेत भइसकेको बताए ।
परिसंघका अध्यक्ष अग्रवालले नेपालमा अटोमोवाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको बताए ।
उनले परिसंघले नेपालमा उद्योग व्यवसायको विस्तारका लागि पहल गरिरहेको र यसबाट पुँजी निर्माणमा ठूलो सहयोग पुग्ने भन्दै उद्योग स्थापनाका लागि सरकारकातर्फबाट गरिनु पर्ने सहयोगका विषयमा धारणा राखेको नाडाले जनाएको छ ।
नाडाका उपाध्यक्ष करण चौधरीले नाडामा धेरै रुपान्तरण भइसकेको र त्यही अनुसार सदस्य संख्यामा पनि उल्लेख्य रुपमा बृद्धि भएको भन्दै निजी क्षेत्रको सवालमा नेपाल उद्योग परिसंघसँग सहकार्य गरेर अघि बढन चाहेको बताए ।
FACEBOOK COMMENTS