काठमाडौँ, भदौ १४ । अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्ण रुपमा फिर्ता भएसँगै अब अफगानिस्तानको लागि अमेरिकी दूतावास अफगानिस्तानभित्र नरहने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले अब अफगानिस्तानसँग अमेरिकाको नयाँ कूटनीतिक मिशन सुरु भएको बताएका छन् । ब्लिंकनका अनुसार अमेरिकाले काबुलमा आफ्नो दूतावास बन्द गरेको छ र यसलाई कतारको राजधानी दोहा स्थानान्तरण गरेको छ ।
उनले भने ‘अब अमेरिकी सेनाको अन्तिम उडार पूरा भएको छ र हाम सैनिकले अफगानिस्तान छोडिसकेका छन् । अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको एक नयाँ अध्याय सुरु भएको छ जसमा हामी आफ्नो कूटनीतिबाट अगाडि बढ्नेछौं । सैनिक अभियान पूरा भयो अब नयाँ कूटनैतिक मिशन सुरु भएको छ ।’
उनले अफगानिस्तानबाट १ लाख २३ हजार मानिसलाई सुरक्षित निकालिएको बताए । यीमध्ये ६ हजारभन्दा धेरै अमेरिकी सैनिक थिए । उनले भने ‘आजदेखि हामीले काबुलमा आफ्नो कूटनीतिक उपस्थिति बन्द गरेका छौं र दुतावासलाई दोहा सारेका छौं । हामी यसबारे छिटै कंग्रेसमा जानकारी दिनेछौं । अफगानिस्तानको राजनीतिक र सुरक्षा परिस्थितिलाई हेर्दै यो एक सुझबुझपूर्ण कदम हो ।’
FACEBOOK COMMENTS