काठमाडौँ, भदौ १६ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८७ औं शाखा विस्तार गरेको छ । कमलामाई नगरपालिकाका मेयर खड्काबहादुर खत्री र बैंकका प्रबन्धक सुशीलकुमार श्रेष्ठले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् ।
ग्राहकहरुलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उदेश्यले शाखाको विस्तार गरिएको बैंकले जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ८७ शाखा, १३० एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ ।
FACEBOOK COMMENTS