काठमाडौँ, भदौ १६ । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेश बीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् ।नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरे ।
नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदानगर्न आफ्नो देश तयार रहेको बताउँदै उनले यसले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने बताए ।
‘नेपाल बंगलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य गर्ने धेरै ठाउँ छन्,’ उनले भने । राजदूत चौधरीले नेपालको पर्यटन बंगलादेशका नागरिकका लागि पहिलो भ्रमण गन्तव्यको रूपमा रहेको पनि उल्लेख गरे ।नीतिगत सुधार र उद्योगहरूलाई दिएको सहुलियतएवं संरक्षणका कारण बंगलादेशले धेरै क्षेत्रमाउल्लेख्य प्रगति गरेको बताउँदै उनले नेपालले पनित्यहीनीति अनुसरण गर्न सक्ने बताए ।
बंगलादेशले सामाजिक क्षेत्र र आर्थिक क्षेत्रलाई सँगसँगै अघि बढाएका कारण अर्थतन्त्रलाई गतिशीलबनाउन सकेको उदाहरण पनि बताए । ‘बंगलादेश महिलाहरू र सानाव्यवसायमा केन्द्रित हुँदा दीगो आर्थिक वृद्धिको आधार तयार गर्न सफल भयो,’ उनले भने ।
भेटवार्ता कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा जलविद्युत क्षेत्रमा लगानीको ठूलो संभावना रहेको र त्यसमा बंगलादेशीलगानीकर्ता आकर्षित हुन सक्ने बताए ।बंगलादेशलाई ऊर्जाको ठूलो आवश्यकता रहेको बताउँदै उनले त्यो आवश्यकता परिपूर्ति गर्न नेपालाबाट विद्युतनिर्यात एउटा महत्वपूर्ण विकल्पहुने उल्लेख गरे ।
अध्यक्ष अग्रवालले दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्नका लागि द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता गरेर अघि बढ्न सकिने बताए ।अग्रवालले नेपालको अर्थतन्त्रमाउद्योगको हिस्सा अभिवृद्धि गर्ने, नेपालको निर्यात बढाउने र रोजगारी सिर्जनागर्ने उद्देश्यले परिसंघले मेक इन नेपाल – स्वदेशीअभियान अघि बढाएको जानकारी गराए ।
FACEBOOK COMMENTS