काठमाडौँ, भदौ १६ । वीर गोर्खालीको रुपमा नेपालीको पहिचान विश्वमा रहेको छ ।
यही पहिचानलाई अझ झल्काउने काम गीत ‘हामी नेपाली हामी गोर्खाली’ मार्फत गरिएको छ । सुरेशराज पाठक, मधुसुदन थापा मगर, ममता गुरुङको स्वर रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘हामी नेपाली हामी गोर्खाली’ सार्वजनिक भएको छ ।कल्पना आङ्गबुहाङ्गको शब्द रहेको गीतमा अशोककुमार राईको संगीत छ । गीतको भिडियो बेलायतमा निर्माण भएको हो । जसमा बेलायतका स्थापित कलाकार रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको अभिनय छ ।
दिलु थापाको कोरियोग्राफी, कुशल श्रेष्ठको छायाँकन तथा सम्पादन रहेको छ ।
FACEBOOK COMMENTS