काठमाडौं, १९ भदौ । देशका विभिन्न ठाउँमा गएको बाढी, पहिरो र डुबानमा परी गएको जेठ ३० यता ११६ जनाको ज्यान गएको छ ।
ज्यान जानेमा ५३ जना पुरुष, ३४ जना महिला, १३ जना बालक र १६ जना बालिका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी ४४ जना बेपत्ता भएका छन् ।
प्रहरीकाअनुसार बाढीपहिरोमा परेका १ हजार २८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरेर सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । बाढीको कारण ३ हजार १८२ वटा घर डुबानमा परेका, ९७८ वटा घर, १६४ वटा गोठ, ६६ वटा पुल, आठ वटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
बाढीपहिरोकै कारण १ हजार ३०३ वटा पशु मरेका छन् । यस अवधिमा भएका जम्मा १ हजार ३४५ विपद्का घटनाबाट १ हजार २६९ परिवारका ६ हजार १११ मानिस विस्थापित भएका छन् ।
FACEBOOK COMMENTS