काठमाडौं, १९ भदौ । सानिमा बैंकले शैक्षिक छात्रवृत्ति आवेदन खुला गरेकाे छ । सानिमा बैंकले सन् २०१२ देखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २-२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षाका लागि छात्रवृत्ति दिँदै आइरहेको छ। सोहि कार्यक्रमलाई निरन्तरता दिदैं बैंकले यस वर्षको लागि पनि छात्रवृत्ति आवेदन खुला गरेको छ।
छात्रवृत्तिमा सहभागी हुनका लागि २०७८ भदौ ३१ गतेसम्म आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ।
छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइटबाट लिन सकिन्छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका साथै अतिरिक्त मासिक २ हजार नगदवृत्ति सहित दुई वर्षका लागि छात्रवृत्ति दिइने बैंकले बताएको छ।
सानिमा बैंकले १०४ वटा शाखा कार्यालय तथा ९६ वटा एटिएमबाट सेवा सञ्चालन गरिरहेको छ।
FACEBOOK COMMENTS