काठमाडौं, १९ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ। उनलाई हल्का ज्वरो आएको बताइएको छ ।
शनिबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।
लगातारको धपेडीका कारण उनको स्वास्थ्यमा समस्या देखिएको हो । बिरामीका बावजुद ओलीले नेता–कार्यकर्ताहरूसँगको भेटघाट जारी नै राखेका छन् ।मध्यरातपछि पनि सक्रिय रहने ओलीको पुरानै बानी हो । बालकोट स्रोतका अनुसार मध्यरातपछि पनि अध्ययन गर्ने, महत्त्वपूर्ण भेटघाट गर्ने आफ्नो शैलीलाई अहिले पनि उनले निरन्तरता दिँदै आएका छन् ।
उनका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार उनलाई हल्का ज्वरो आएको हो । र, औषधि सेवनपछि भेटघाट र कुराकानीलाई निरन्तर दिइरहेका छन् ।
FACEBOOK COMMENTS