काठमाडौं – ज्ञानेन्द्रलाल प्रधानलाइ प्रयोग गरेर नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा अध्यक्ष बन्ने चाहना फेरि पनि अपुरो भएको छ ।
विधान संशोधन गरी बरिष्ठलाई सिधै अध्यक्ष बनाउने प्राबधान हट्ने पक्का पकी भएपछी बरिष्ठ उपध्यक्ष गोल्छाले ज्ञानेद्र लाल प्रधानलाई काडको उपयोग गरेको पाइएको छ ।
अहिलेको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रवधान रहेको छ । महासंघका अधिकांस सदस्य यो प्रवधान फेर्नुपर्ने बताउँदै आएको छ । यसको लागि विधान मस्यौदा समिति समेत गठन भएको थियो ।
सेखर गोल्छाले आफु सिधै महासंघको अध्यक्ष हुन नपाउने देखे पछि कोषध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई प्रयोग गरी अध्यक्ष बन्न खोजेका थिए ।
गोल्छाले भवानी राणालाई अख्तीयार लगाएर महासंघबाट हटाउने र आफु अध्यक्ष बन्न खोजेको महासंघका पदाधिकारीको दाबी छ ।
गोल्छालाई सोचजस्तो सजिलो थिएन यो काड वाट आफनो अनुकुलको उपयोग गर्न किन भने महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधान पनि विवास्पद छवि बोकेका मनिस हुन् ।
गोल्छा प्यानलको खेलमा २०७१ सालमा प्रदिपजंग पाण्डेलाई अध्यक्ष भएकै बेला हटाउन सफल भएको टोलि समेत सामेल भएपछी कृषि उद्योम केन्द्रमा करोडौँ रुपैयाँको अनियमितता भएको विवास्पद कुरा निकाल्ने र अख्तीयार माफत कार्बाहि गर्न लगाई गोल्छा अध्यक्ष बन्ने र महासंघ कब्जा गर्ने योजना लग भग सफल हुनै लाग्दा भवानी राणाको हातमा ज्ञानेन्द्र बोलेको टेप पुगेपछि योजना असफल भएको बताइएको छ ।
ज्ञानेन्द्र लाल विवादास्पद बोलेको टेप अध्यक्ष राणाका हातमा पुगे पछी गोल्छा प्यानलको खेल युट्रन लिएर उल्टै प्रधान माथिनै खनिएको छ र प्रधानले राजिनामा समेत दिएका छन् ।
महासंघले कृषि उद्योम केन्द्रमा अनियमितताको विषय छानविन गर्न समिति गठन गरेको छ । सबैलाई विश्वासमा लिन पुराना र इमानदार कहलिएको शकुन्तलाल हिराचनको संयोजकत्वमा समिति गठन गरिएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS