भाद्र २४ काठमाडौँ, नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ नामक योजना ल्याएको छ ।
उक्त योजनाअन्तर्गत ग्राहकहरूले हरेक हुण्डाई गाडीको खरिदमा लक्की ड्रमार्फत एक जनालाई बम्पर उपहारस्वरुप नयाँ हुण्डाई आई गाडी, ३ लाखसम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्मको थप नगद छुट पाउनेछन् ।
त्यस्तै, नि:शुल्क एक वर्षसम्मको बीमा र चालु आर्थिक वर्षको सडक करसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, ग्राहकले हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म नि:शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS