काठमाडौं, २५ भदौ। अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा नाडाले शुक्रबार काठमाडौंमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेको हो । नाडाले ट्राफिक प्रहरीलाई पाँच हजार थान मास्क र १० हजार थान स्टिकर हस्तान्तरण पनि गरेको छ । ट्राफिक प्रहरीसँगै मिलेर त्रिपुरेश्वरमा यातायातका साधनहरुमा ट्राफिक सन्देश बोकेका स्टिकरहरु टाँस्नेलगायतको जनचेतनामूलक कार्यक्रम गरिएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।
अभियानमा ‘हर्न निषेध’, ‘ट्राफिक नियम पालना गरौँ’ लगायतको स्टिकर सवारीसाधनमा टाँसिएको थियो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्माले मास्क लगाउनका लागि ट्राफिक प्रहरीले विभिन्न संघसंस्थाको सहकार्यमा निरन्तर अभियान चलाइरहेको बताए।महानगरीय ट्राफिक प्रहरी महाशाखाले हर्न नबजाउन र अनिवार्य रुपमा मास्क लगाउन सबैलाई अनुरोध गर्दै आएको छ।
कार्यक्रममा जेसिआई मिस टिनका प्रतियोगीहरुले पनि मास्क वितरण गर्ने लगाएत ट्राफिक जन चेतना कार्यक्रम र नियमहरूको पालना तथा नो हर्न सम्बन्धी जनचेतना जगाउन सहयो गरिरहेका थिए मिस टिनका २०२१ प्रतियोगिहरुलाई यस्तो कार्यक्रममा सहभागी गराउँदा आत्मबल बढ्ने जेसिआई मिस टिनको संयोजक सोनु श्रेष्ठले बताईन् ।
FACEBOOK COMMENTS