काठमाडौं भाद्र २७, आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानीको विषयमा आफ्नो धारणा राख्दै उनले कोरोना बीमाको दावी भुक्तानीको विषय गम्भीर रहेको र अर्थमन्त्रालयले पनि गम्भीरताका साथ हेरेको धारणा राखेका छन् ।
उनले भने कुल ‘११ अर्ब रुपैयाँको दायित्व छ, यो भनेको चानचुन र सानो रकम होइन, यो गम्भीर विषय हो, दाबी अझ बढ्दै छ भन्ने विषय आएको छ, हामी यसमा गम्भीर नै छौं, यस विषयमा हाम्रो सल्लाह भइरहेको छ, यसलाई हामी छिट्टै निकास दिन्छौं,’
कोरोना बीमा गराएका व्यक्तिमा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए बिमांक बराबर दाबी भुक्तानी पाइने गरि बीमा समितिले २०७७ सालको बैशाख ७ गतेदेखि ५० हजार रुपैयाँ र १ लाख रुपैयाँको कोरोना बीमा कार्यक्रम सुरु गरेको थियो ।
सरकारले आफ्नो प्रतिवद्धता अनुसारको कोरोना बीमाको रकम भुक्तानी नगर्दा बिमितले पैसा पाउन सकेका छैनन् । जसको प्रत्यक्ष मर्कामा कोरोना बीमा गर्नेहरु रहेका छन् ।
