काठमाण्डौँ — एक वर्षभित्र देशभर फोरजी सेवा विस्तार गर्न अर्थ समितिले नेपाल टेलिकमलाई निर्देशन दिएको छ।
संसदीय अर्थ समितिको मंगलबार बसेको बैंठकले टेलिकमलाई फोरजी सेवा विस्तारका लागि सम्झौता भएको मितिले १२ महिनाभित्र मुलुकभर सेवा प्रवाह हुने आधार सुनिश्चित गर्न निर्देशन दिएको हो।
बैठकमा सार्वजनिक खरिदसँग सम्बन्धित विज्ञ, टेलिकमका पूर्व कार्यकारी निर्देशक तथा पदाधिकारी, दूरसञ्चार प्राधिकरण कार्यालयका प्रमुख, सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिवसँगको छलफलमा यस्तो निर्देशन दिइएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेलले अहिलको प्रविधिलाई अपग्रेड गर्नुभन्दा नयाँ टेन्डरबाट फोरजी विस्तार गर्नुपर्ने सुझाव दिए। ‘
विज्ञसँगको छलफलपछि समितिले सम्झौता भएको मितिले १२ महिनाभित्र मुलुकभर सेवा प्रवाह हुने आधार सुनिश्चित गर्न निर्देशन दिएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकमले अन्य कम्पनीको तुलनामा सस्तो मूल्यमा फोरजी सेवा विस्तार गर्न लागेको बताएका छन्।
— अन्नपुर्ण
FACEBOOK COMMENTS